साथीलाई फेसबुकको म्यासेन्जरमार्फत अश्लिल भिडियो/फोटो पठाउने एक पक्राउ

  • Technology Khabar | ७ माघ २०७७, बुधबार
साथीलाई फेसबुकको म्यासेन्जरमार्फत अश्लिल भिडियो/फोटो पठाउने एक पक्राउ

काठमाडौं ।

फेसबुकको च्याटिङ प्लेटफर्म म्यासेन्जर मार्फत अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन कार्य गर्ने एवं हैरानी दिने एक व्यक्तिलाई नेपाल प्रहरीको साईबर ब्यूरोले सोमबार पक्राउ गरेको छ ।

परिचित महिला साथी सल्यानी २० (नाम परिवर्तित) लाई उत्पीडन गर्ने एवं हैरानी दिने हाल सल्यानको कुमाख गाउँपालिका वडा नं ४ सेराडाँडामा बस्ने ३६ वर्षिय रमेश शाही भन्ने रवी शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द्र अर्यालका अनुसार उनले विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएको हुँदा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा माघ ५ गते पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित: ७ माघ २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार