सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना,

  • Technology Khabar | २ माघ २०७७, शुक्रबार
सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना,

काठमाडौं ।

सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने यो नविनतम सुविधा ल्याएको हो।

बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न यो इन्स्टा बाई योजना संचालनमा ल्याएको हो ।

बैंकले १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ ईकाईबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: २ माघ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...