ताजा समाचार

सबै सरकारी सेवाहरु एउटै एपबाट लिन सकिने गरि नागरिक एप सुरु

सबै सरकारी सेवाहरु एउटै एपबाट लिन सकिने गरि नागरिक एप सुरु
फाइल फोटो
Global IME Bank

सबै सरकारी सेवा एउटै मोबाइल एपबाट उपलब्ध हुने भएको छ । एकिकृत सरकारी सेवाका लागि सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ।

सरकारी सेवा अनलाईन नहुँदा राजश्व तिर्नसँधै झन्झटिलो हुने गरेको छ। अबदेखि एउटै एपबाट राजश्व तिर्नदेखि हेलो सरकारमा गुनासो गर्न सकिन्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सो एप सार्वजनिक गरेका हुन् ।

मन्त्री गुरुङ्गले सबै सरकारी सेवालाई एउटै एपमार्फत उपलब्ध गराउने उदेश्यले यो एप तयार गरिएको बताए । यो एपमा प्यान नम्बर लिनेदेखि आफूले बुझाएको करको विवरण समेत हेर्न सकिने छ ।

पत्रकार सम्मेलनमा भिडियो सन्देश मार्फत नागरिक एपमार्फत सेवा लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई आग्रह गरे ।

गृह मन्त्रालयमा रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको  सो एपबारे जानकारी दिन तयार पारिएको भिडियोमा उल्लेख छ ।

यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमार्फत नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएको छ।

यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगायतको सेवा लिन सक्नुहुनेछ । भने, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको जनकारी समेत लिन सकिने छ ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ । यो एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्ने बताईएको छ।

मन्त्री गुरुङले सबैले यो एप प्रयोग गरेर यसको बारेमा सुझाब र प्रतिकृया दिनका लागि समेत अनुरोध गरे ।

करिब ३ वर्षपछि सरकारको नीति तथा कार्यक्रममा परेको नागरिक एपको सुरुवात भएको छ ।

‘यसलाई अझै व्यवस्थित गर्नुपर्ने छ । प्रयोगको तयारी गर्नुपर्ने छ र आमनागरिकको सुविधाको लागि अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेछ,’ गुरुङले भने ।

Sajilo Visa
easy care