नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा, बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने

  • Technology Khabar | १ माघ २०७७, बिहीबार
नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा, बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं ।

नेपाल क्लियरिङ हाउसले ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकहरुले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ल्याएको ‘कर्पोरेट पे सेवा’ को बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरे ।

२० वटा बैंक तथा वित्तीय संस्थाहरुले सब्सक्राइव गरिसकेको र केहि बैंकहरुले शुरु समेत गरिसकेको कम्वनीका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए ।

उनका अनुसार यो सेवा अन्तर्गत बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।

त्यस्तै, उक्त प्रणाली मार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन ‘मल्टी–लेयर अथेन्टिकेशन’ को सुरक्षित व्यवस्था गरिएको बताएको छ ।

साथै ग्राहकले आफ्नो आवश्यकता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।

प्रकाशित: १ माघ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार