काठमाडौं ।
टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्कको सम्पत्ति घटेको छ । सोमबार एकै दिन मस्कको कुल सम्पत्ति करिब १४ बिलियनले घटेको हो ।
टेस्लाको सेयर मूल्यमा आएको गिरावटले उनको सम्पत्ति पनि घटेको हो ।
सोमबार टेस्लाको सेयर मूल्य ८ प्रतिशतले घटेको थियो । सेयर मूल्यमा देखिएको गिरावटसँगै मस्कले १३.५ विलियन अमेरिकी डलर गुमाएका छन् । हाल उनको सम्पत्ती १७६.२ विलियन अमेरिकी डलर छ ।
गएको शुक्रबार अमेजनका सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क संसारकै धनी व्यक्ति भएका थिए । अहिले मस्क फेरी संसारकै दोस्रो धनी व्यक्तिरुपमा ओर्लिएका छन् ।
बेजोसको तुलनामा मस्कको सम्पत्ति ६ विलियनल अमेरिकी डलर कम छ । बेजोसको कुल सम्पत्ति १८२.१ बिलियन अमेरिकी डलर छ ।
सोमबार अमेजनको सेयर मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन अमेजनको सेयर २ प्रतिशतले घटेको हो । बेजोसको सम्पत्ति पनि ३.६ बिलियनले घटेको थियो ।
प्रकाशित: २८ पुष २०७७, मंगलवार