नयाँ श्रम स्वीकृति पनि अनलाइनबाटै दिने तयारी

  • Technology Khabar | २० पुष २०७७, सोमबार
नयाँ श्रम स्वीकृति पनि अनलाइनबाटै दिने तयारी

काठमाडौं ।

वैदेशिक रोजगार विभागले आगामी माघबाट नयाँ श्रम स्वीकृति दिने व्यवस्था पनि अनलाइन प्रणालीमार्फत दिने तयारी थालेको छ ।

विभागले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पुनः श्रम स्वीकृति अनलाइनबाटै दिने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै नयाँ श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै दिन लागेको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि न्यौपानेले माघदेखि नयाँ श्रम स्वीकृति दिनका लागि आवश्यक पर्ने सबै सेवा अनलाइनमार्फत नै दिनेगरी तयारी भइरहेको जानकारी दिए ।

उनले भने, “नयाँ श्रम स्वीकृति माघदेखि अनलाइनबाट दिने तयारी थालिएको छ । माघ १ गते पनि हुनसक्छ र अन्तिम पनि हुनसक्छ । धेरै काम प्राविधिक विषय भएकाले ठ्याक्कै अहिले नै दिन भन्नसक्ने अवस्था छैन् ।”

यो प्रणाली कार्यान्वयनमा आएसँँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीका प्रतिनिधिलाई मागको पूर्वस्वीकृति तथा नयाँ श्रम स्वीकृतिका लागि फाइल बोकेर ताहाचल कार्यालय पुग्नुपर्ने र श्रम प्रतिनिधिलाई ताहाचल जानुपर्ने दुवैको बाध्यता हट्नेछ ।

यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि श्रम कार्यालयका कर्मचारीले वैदेशिक रोजगार कम्पनीको फाइल रोके भन्ने आरोप पनि खेप्नु नपर्ने भन्दै निर्देशक न्यौपानेले अनलाइन प्रणालीले यसमा धेरै सुधार आउने दाबी गरे । आजको गोरखापत्रबाट

प्रकाशित: २० पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...