एनएमबि बैंक ‘कर्पोरेट पे’ प्रणालीमा जोडियो, नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
एनएमबि बैंक ‘कर्पोरेट पे’ प्रणालीमा जोडियो, नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता

काठमाडौं ।

एनएमबि बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागी कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

कर्पोरेट पेको प्रयोगले फण्ड ट्रान्सफर, बल्क पेमेन्ट, ब्याच पोष्टिङ्ग, तलव भुक्तानी, सरकारी कर भुक्तानीमा सहजता प्रदान गर्ने बताइएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र नेपाल क्लियरीङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

हालको प्रतिकुल परिस्थिति र अपनाउनु पर्ने सुरक्षा उपायहरूको माझमा गरिएको यो सम्झौता भौतिक दूरी कायम गर्न मद्दत पुर्याउन एनएमबि बैंकले लागु गरिरहेको धेरै परियोजनाहरु मध्ये एक हो ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटाइजेसन तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख भएको बैंकले जनाएको छ ।

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार