सामसङ बजेट र मिड रेजका फाइभजी स्मार्टफोन ल्याउने योजनामा

  • Technology Khabar | ८ पुष २०७७, बुधबार
सामसङ बजेट र मिड रेजका फाइभजी स्मार्टफोन ल्याउने योजनामा
सामसङको दरबारमार्ग स्थित शोरुममा राखिएको ग्यालेक्सी एस२० । फाइल

काठमाडौं ।

सामसङले बजेट र मिड रेजको ५जी स्मार्टफोन बजारमा ल्याउने भएको छ । सामसङ ग्यालेक्सी एस२१ सिरिजपछि सामसङले बजेट र मिड रेजको ५जी फोन बजारमा ल्याउने भएको हो ।

५जी फोनमा आफ्नो बजार बिस्तार गर्न सामसङले बजेट र मिडरेन्जका फोन उत्पादन सुरु गरिरहेको छ । ती नयाँ फोन ए सिरिजका हुनेछन् ।

रिपोर्टकाअनुसार सम्भवत ती स्मार्टफोन ग्यालेक्सी ए३२, ग्यालेक्सी ए५२ र ग्यालेक्सी ए७२ हुनेछन् ।

यो वर्ष सामसङले त्यस्तै स्मार्टफोन ग्यालेक्सी ए५१ र ग्यालेक्सी ए४२ सार्वजनिक गरेको थियो । यी बजेट र मिड रेज फोनमा ३.५ एमएमको हेडफोन ज्याक हुनेछ ।

विश्लेषकहरुले भने कम्पनीले ल्याउने नयाँ फोनहरु मल्टिफंगसन क्यामरा फिचरसहित आउने अपेक्षा गरेका छन् । जसले ह्वावेलाई अमेरिकी प्रतिबन्धपछि बजारमा देखिएको ग्यापलाई पुरा गर्नसक्ने अनुमान छ । तर सामसंगका स्मार्टफोनहरु चिनियाँ ब्राण्डका फोनहरुभन्दा निकै महंगो मुल्यमा आउने गरेको हुँदा त्यसले बजारमा कसरी प्रतिस्पर्धा गर्नेछ भनेर हेर्न भने केहि समय कुर्नैपर्ने हुन्छ । एजेन्सी

प्रकाशित: ८ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...