अनलाईन मार्फत हुने कारोबारमा आकर्षण बढ्दै, कारोबार रकममा वृद्धि

  • Technology Khabar | ७ पुष २०७७, मंगलवार
अनलाईन मार्फत हुने कारोबारमा आकर्षण बढ्दै, कारोबार रकममा वृद्धि

काठमाडौं ।

पछिल्लो समय नेपालीहरु ईकमर्स (अनलाईन मार्फत हुने कारोबार) मा अव्यस्त हुँदै गएका छन् । त्यसको झलक तथ्यांकमा पनि देखिएको छ ।

ईकमर्सको व्यापार रकम बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा देखिएको हो ।

असोज महिनाको तुलनामा कात्तिक महिनामा ईकमर्सको कारोबार घटेपनि कारोबार रकममा भने वृद्धि देखिएकोछ।

२०७७ असोजमा ईकमर्सबाट एक लाख १३ हजार ५२ पटक कारोबार भएको छ । २०७७ कातिकमा ईकमर्सबाट एक लाख १२ हजार ७०६ पटक कारोबार भएको छ । एक महिनाको अवधिमा ईकमर्सबाट हुने कारोबार तीन सय ४६ पटकले घटेको छ ।

२०७७ असोजको तुलनामा २०७७ कात्तिकमा ईकमर्सबाट हुने कारोबार रकम भने बढेको छ । असोजको तुलनामा कातिकमा दुई करोड ६० लाख रुपैयाँले ईकमर्सको कारोबार बढेको हो।

ईकमर्समा असोजमा ७९ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । कातिकमा भने रकममा वृद्धि हुँदै ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित: ७ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार