राष्ट्र बैंकका गभर्नरले भने- कालिमाटीको तरकारीसमेत क्यूआरमार्फत पेमेन्ट हुने गराउँछौं

  • Technology Khabar | ४ पुष २०७७, शनिबार
राष्ट्र बैंकका गभर्नरले भने- कालिमाटीको तरकारीसमेत क्यूआरमार्फत पेमेन्ट हुने गराउँछौं
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल पेमेन्टको अहिलेको कारोबार संख्याबाट निकै उत्साहित भएको बताएका छन् ।

उनले क्यूआर पेमेन्टलाई आगामी दिनमा योजनाबद्धरुपमा अगाडि लाने योजनामा रहेको भन्दै कालिमाटीको तरकारीसमेत क्यूआरमार्फत खरिद बिक्री हुने किसिमको बनाउने बताए।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा यसको सुरुवात गरिसकेको उनले बताए ।

‘हामी कालिमाटीको तरकारी बजार समेत क्यूआरबाट पेमेन्ट हुने बनाउँछौं । यसको पाइलट कार्यक्रम काठमाडौंको नक्सालबाट गर्दैछौं उनले भने उनकाअनुसार हाल त्यस क्षेत्रको डाटा लिने काम भइरहेको र आगामी दिनमा देशैभरका पसल पसलमा क्यूआरमार्फत नै भुक्तानी गर्ने बनाउने बताए ।

उनले हाल पेमेन्ट कम्पनीहरु लाइसेन्स लिएर कतिपय सुतेर बसेको भन्दै त्यस्तालाई अर्को वर्षदेखि बन्द गराउने बताए ।

‘हामीले उहाँहरुलाई त्यतिकै सुत्न दिएका छैनौं, ठुँगेर उठाईरहेका छौं र तपाँईँको ग्राहक संख्या ३ लाख पुर्याउन सक्नुहुन्न भने तपाईँ अर्को वर्षदेखि योग्य हुनुहुन्न। उहाँहरुले सक्नुहुन्न भने अर्को कोही आउँछ । ओगटेर बस्न पाईँदैन् ,’ गभर्नर अधिकारीले भने ।

उनले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल भुक्तानीलाई देशैभर लाने र अर्थतन्त्रलाई अगाडी बढाउने बताए ।

त्यसैगरि बैंक तथा वित्तीय क्षेत्रमा प्रयोग हुने सफ्टवेयरहरु गुणस्तरीय र प्रमाणित किसिमका हुनुपर्ने भन्दै सो नभएसम्म प्रयोग गर्न कठिन हुने बताए ।

प्रकाशित: ४ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार