क्यान इन्फोटेक २०२० मा सहभागी उत्कृष्ट स्टार्टअप ‘होम मेड नेपाल’ पुरस्कृत

  • Technology Khabar | ४ पुष २०७७, शनिबार
क्यान इन्फोटेक २०२० मा सहभागी उत्कृष्ट स्टार्टअप ‘होम मेड नेपाल’ पुरस्कृत

काठमाडौं ।

कम्प्युटर एसोशिएसन नेपाल (क्यान) महासंघले गत वर्ष २०७६ मा अर्थात सन् २०२० को क्यान इन्फोटेकमा स्टार्टअप पेभिलियनमा सहभागी स्टार्टअप मध्ये उत्कृष्ट एक स्टार्टअपलाई हालै पुरस्कार प्रदान गरेको छ। क्यान महासंघले ‘होम मेड नेपाल’ लाई पुरस्कृत गरेको हो।

क्यान महासंघले शुक्रबार आयोजना गरेको ‘ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ’ विषयक कार्यक्रममा होम मेड नेपालका श्रृष्टि अवाले र सुशान्त महर्जनलाई ५० हजार नगद सहित सम्मान गरेको हो।

महासंघले क्यान इन्फोटेक २०२० मा स्टार्टअपहरुलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न छुटै स्टार्टअप पेभिलियनको व्यवस्था गरेको थियो । जसअनुसार स्टार्टअप पेभिलियनमा सहभागी भएका स्टार्टअप मध्ये एक स्टार्टअपलाई सम्मान गर्ने बताइएको थियो ।

राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा मे २ तारिखमा प्रदान गर्ने गरिएको सो पुरस्कार कोरोना महामारीको कारण हाल मात्र प्रदान गरिएको हो ।

प्रकाशित: ४ पुष २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार