फेसबुकमा नक्कली आईडी बनाई महिलालाई यौन एवं हैरानी गर्ने दुई व्यक्ति पक्राउ

  • Technology Khabar | ३ पुष २०७७, शुक्रबार
फेसबुकमा नक्कली आईडी बनाई महिलालाई यौन एवं हैरानी गर्ने दुई व्यक्ति पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई महिलालाई यौन उत्पिडन दिने दुई पुरुष पक्राउ परेका छन् ।

मोरङको विराटनगर उपहानगरपालिका वडा नं. ३ भर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ गल्फुटार बस्ने ३३ वर्षका सुमन रेग्मी र चितवनको माडी नगरपालिका वडा नं. ६ कल्याणपुर बस्ने ३५ वर्षका थम बहादुर विश्वकर्मालाई फेक आईडी बनाई महिलालाई यौन उत्पिडन गरेको आरोपमा नेपाल प्रहरीको साईबर ब्यूरोले पक्राउ गरेको हो ।

रेग्मीले फेक आईडी बनाई परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तित) लाई आफूसँग अर्धनग्न तथा नग्न तस्वीर भएको भन्दै धम्काउँदै आएका थिए ।

रेग्मीले सो तस्वीरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पिडन दिने, यौन दुर्व्यवहार गर्ने तथा हैरानी दिने गरेका थिए ।

विश्वकर्माले नजिकको नाता पर्ने महिला कसरा (नाम परिवर्तित)लाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने यौन अश्लिलतायुक्त अर्धनग्न सामाग्री पोष्ट गरी अपमान गर्ने हैरानी दिने कार्य गरेका थिए ।

दुवैलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएको हुँदा पक्राउ गरी साईबर ब्यूरोले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार