इस्टाग्रामको लाइट भर्सन सार्वजनिक, एन्ड्रोइड प्रयोगकर्ताको डाटा बचत हुने

Technology Khabar ३ पुष २०७७, शुक्रबार

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ प्लेटफर्म इस्टाग्रामले भारतमा इस्टाग्राम लाइट एप सार्वजनिक गरेको छ ।

इस्टाग्रामका अनुसार भारतमा लाइट एपको टेस्टिङ भइरहेको छ ।

टेस्टिङका लागि लाइट एप भारतीय बजारमा उतारेको हो । यो लाइट एपले एन्ड्रोइड फोन प्रयोगकर्ताको डाटा बचाउने कम्पनीको दाबी छ ।

यो एपको आकार दुई एमबीभन्दा कम हुने भएकाले ठाउँ पनि कम लिन्छ । हालका लागि लाइट एप विश्व बजारमा सार्वजनिक गरिएको छैन् ।

इस्टाग्रामले आफनो धेरै फिचर भारतबाटै सार्वजनिक गर्ने गरेको छ । यीमध्ये एक छोटो भिडियो फिचर रिल्स पनि रहेको छ ।

इस्टाग्राम लाइट गूगल प्लेस्टोरमा उपलब्ध

इस्टाग्रामका उपाध्यक्ष विशाल शाहले फेसबुक फ्यूल फर इन्डिया २०२० को कार्यक्रममा इस्टाग्रामका लागि भारत एक महत्वपूर्ण बजार भएको बताएका थिए । भारतीय बजार नविनतम परीक्षणका उपयुक्त मैदान रहेको उनको भनाई थियो।

भारत ती थोरै देशमध्ये एक हो जहाँ रील्सको परीक्षण गरिएको थियो । कम्पनीले रील्स सबैभन्दा अघि भारतमै परीक्षणका लागि सार्वजनिक गरेको थियो ।

भारतमा इस्टाग्राम बजार विस्तार गर्न लाइटको परीक्षण गरिएको उनको भनाई छ । ‘इस्टाग्राम लाइटको आकार दुई एमबीभन्दा कम छ,’ उनले भने, ‘यसले भारतीय प्रयोगकर्तालाई उत्कृष्ट क्वालिटीको अनुभार र अधिक सूविधा प्रदान गर्नेछ ।’

यो एप आईओएस भर्जनमा भने उपलब्ध छैन। एजेन्सी

प्रकाशित: ३ पुष २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया