ताजा समाचार

पोस्टपेड फोन बिलिङमा देखिएको समस्या समाधान भएको नेपाल टेलिकमको भनाई

पोस्टपेड फोन बिलिङमा देखिएको समस्या समाधान भएको नेपाल टेलिकमको भनाई
Global IME Bank

नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा देखिएको समस्या समाधान भएको  छ ।

बिलिङका कारण मंगलबार रातिदेखि सेवाग्राहीको पोस्टपेड मोबाइल सेवाहरुमा आउट गोइङ कलमा समस्या देखिएको थियो ।

प्रत्येक महिनाको १५ तारिखमा बिल जारी हुने र सो क्रममा केहि फोनहरुमा समस्या आउने गरेको भएपनि यो पटक बढि नै समस्या देखिएको बताईएको छ।

यसले गर्दा नेपाल टेलिकमको पोस्टपेड फोनको सेवामा समस्या देखिएको थियो । यसका कारण मंगलबार रातिदेखि सेवाग्राहीको पोस्टपेड मोबाइल सेवाहरुमा आउट गोइङ कलमा समस्या भएकोमा हाल समाधान भईसकेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्रत्येक महिनाको १५ तारिखमा बिल जारी हुने र सो क्रममा केहि फोनहरुमा समस्या आउने गरेको भएपनि यो पटक बढि नै समस्या देखिएको बताईएको छ।

‘मासिक बिल पनि जारी हुनेहुँदा रातीदेखि केहि समस्या भएको थियो । तर बिहान ११ बजेपछि सबै समाधान भईसकेको छ,’ प्रवक्ता जोशीले भने ।

टेलिकमको पोस्टपेड मोबाइल सेवामा पटक पटक समस्या आउने गरेको छ भने सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।

त्यसैगरि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने यस्तो गुनासो हुने गरेको भन्दै कम्पनीले नियमितरुपमा सो बारेमा सेवाग्राहीहरुलाई सूचना दिईरहेको बताए ।

केहि समयअघि मात्र कम्पनीले पोस्टपेड शुल्कमा पनि रेण्टल चार्ज सेवा उपलब्ध भएको जानकारी दिएको थियो ।

नेपाल टेलिकमका पोस्टपेड ग्राहकले रेन्टल चार्ज शुल्क प्रयोग गर्न सक्ने, यसरी गर्नुस् पोस्टपेड प्याक खरिद

Sajilo Visa
easy care