
काठमाडौं ।
स्मार्टफोन ब्राण्ड ओपोले चौथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ।
कम्पनीका अनुसार यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसँगको सहकार्यमा निर्माण गरिएका हुन्।
भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसँग नजिकको सहकार्यको नतिजा हुन्।
प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिज पनि प्रदर्शनीमा राखेको थियो। तिनले ओपोको शुरुवाती अवस्थादेखि अपनाउँदै आइरहेका डिजाइन, धातु र अन्तरक्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टि समेत प्रस्तुत गरिरहेका थिए।
चाईना इन्टरनेशनल इन्डस्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय-स्तरको प्रदर्शनी हो। यस वर्षको थिम, ‘न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम’मा आधारित भई ओपोले आफ्ना शुरुवाती अवस्था देखिका औद्योगिकरुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु बृहत्त प्रदर्शनीमा राखेको थियो।

चाईना इन्टरनेशनल इन्डस्ट्रियल डिजाइन एक्स्पोमा ओपोले अग्रणी जापानिज इन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसँगको सहकार्यमा विकासको प्रक्रियामा रहेका ‘स्लाइड९फोन’ र ‘म्यूजिक-लिंक’ कन्सेप्चुअल डिजाइन प्रदर्शित गरेको थियो।
स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसँग अन्तरक्रिया गर्न बृहत्तरुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दूवै कम्पनीको निस्कर्षका आधारमा ‘स्लाइड९फोन’को सोच विकसित भएको हो। बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर बृद्धि हुँदै आएको पाइन्छ।
यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ। फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ।
चिन्ताको निवारण दिने सोचका साथ विकसित ‘स्लाइड९फोन’ अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन्। यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन्।
साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकता अनुसार फोनको प्रयोग गर्न सक्नेछन्।
ओपो र नेन्डोको अर्को कन्सेप्चुअल डिजाइन ‘म्यूजिक९लिंक’ टीडबल्यूएस ईयरफोन्स जसमा स्मार्टवाट्च, एआई स्पिकर, पोर्टेबल चार्जर र वायरलेस चार्जरको माध्यमबाट एक अर्कासंग जडित विभिन्न उपकरणहरुको समुह हो। सबै उपकरणहरुको डिजाइन अहिलेका प्रयोगकर्ताको सौन्दर्य चाहना अनुरुप स्लिक अग्र्यानिक फोर्ममा गरिएको छ।
टीडब्ल्यूएस ईयरफोन्स र पोर्टेबल चार्जिङ केसलाई एआई स्पिकरमा जडान गरे पश्चात प्रयोगकर्ताले हेडफोन्स र स्पिकरका माध्यमबाट संगीतको मज्जा लिन सक्छन्।
उपकरणहरुबीचको यो सिम्बायोटिक डिजाइनले पोर्टेबिलिटी र सहजता प्रतिबिम्बित गर्नुका साथै, प्रविधिहरुको एकिकरण र मानव केन्द्रित डिजाइन अवधारणा प्रति ओपोको प्रतिबद्धतापनि झल्किन्छ।
ओपो र नेन्डोबीचको सहकार्य बारे बोल्दै, नेन्डोका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख डिजाइनर, ओकी साटोले भने, ‘अत्याधुनिक प्रविधि मार्फत मानव र तिनका उपकरण विच सुमधुर सम्बन्ध कायम गर्दै लैजाने सोचका साथ अपनाइएका मानव केन्द्रित ओपोको डिजाइन दर्शनबाट म निकै प्रभावित छु।’
ओपो ईन्डष्ट्रियल डिजाइन प्रमुख स्याओ बोले भने, ‘निन्डोका डिजाइनहरु ओपोको मानवकेन्द्रित दर्शनसँग मिल्दोजुल्दो छन्। प्रयोगकर्तालाई अत्याधुनिक नवप्रबर्तन तथा प्रविधिका साथमा आनन्ददायी अनुभव दिने उत्पादनहरु पस्कनु ओपोको उद्देश्य रहँदै आएको छ। प्रयोगकर्तालाई आरामदायी अनुभव दिने ग्राउण्डब्रेकिङ प्राविधिक उत्पादन निर्माणका लागि हामी मानवमाथि नै केन्द्रित हुनु पर्छ भन्ने दृढ विश्वासका साथ यो पार्टनरशिपको थालनी भएको हो।’
एक अन्वेषक र सौन्दर्य र नवप्रबर्तनको सटिक तालमेल मिलाउँदै अघि बढिरहेको ओपोले औद्योगिक क्षेत्रमा डिजाइन र नवप्रबर्तन प्रस्फूटनका लागि ईन्डष्ट्रियल डिजाइन सेन्टरको स्थापना गरेको छ।
केन्द्रलाई फोर्थ सेलेक्शन अफ नेशनल ईन्डष्ट्रियल डिजाइन सेन्टर्स ईन चाईनाले सन् २०१९ नोवेम्बर २२मा प्रमाणित गरेको छ। ओपोका अभूतपूर्व प्रडक्ट डिजाइनहरुलाई उद्योगले पनि अपनत्वका साथ पहिचानपनि प्रदान गरेको छ।
यस वर्ष ओपो फाइन्ड एक्स र रेनोथ्री प्रोले २०२० गुड डिजाइन अवार्ड्स प्राप्त गरेका छन् भने ओपो फाईन्ड एक्सटू प्रोले चाईना मोबाइल फोन डिजाइन कम्पिटिशनमा स्वान अवार्ड हात पारेको छ।
ओपोले उत्पादन डिजाइनमा आफ्नो ध्यान केन्द्रित गर्दै प्रविधि र सौन्दर्यको समायोजन मार्फत मानव र उपकरणबीच सुमधुर सम्बन्ध कायम गराउँदै विश्वलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्ने अन्वेषणलाई निरन्तरता दिई रहने जानकारी दिएको छ।
प्रकाशित: १ पुष २०७७, बुधबार