दक्षिण कोरियाबाट अनलाइन रेमिट्यान्स पठाउन सकिने, एनआईसी एशिया बैंकसँग सम्झौता

  • Technology Khabar | १ पुष २०७७, बुधबार
दक्षिण कोरियाबाट अनलाइन रेमिट्यान्स पठाउन सकिने, एनआईसी एशिया बैंकसँग सम्झौता

काठमाडौं ।

दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ।

दक्षिण कोरियामा रहेका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन् ।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।

कोरियामा बसोबास गरिरहेका नेपालीहरूले सेन्टबी रेमिटको वेबसाइट तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछन् ।

प्रकाशित: १ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...