
काठमाडौं ।
अनर स्मार्टफोन ब्राण्ड अब ह्वावेबाट पूर्ण रूपमा अलग भईसकेको छ र कम्पनीले आफ्नै किसिमले योजनाहरु गरिरहेको छ ।
अनरका अध्यक्ष झाओ मिंगले भनेका छन् कि तिनीहरू चीनको नम्बर एक स्मार्टफोन ब्रान्ड हुनेछन्।
हालै आएको एक समाचारका अनुसार सन् २०२१ मा उनीहरूको बिक्री लक्ष्य १० करोड यूनिट हो।
स्रोतहरू उदृत गर्दै आएका रिपोर्टहरुले औंल्याएझैं, अनर टर्मिनल २०२१ मा १० करोडभन्दा बढी युनिटहरू ढुवानी गरेर पठाउने योजनामा छ। तर उनीहरूले यो बिक्री लक्ष्यका लागि थप विवरणहरु भने सार्वजनिक गरिएको छैन्।
यसका साथै यो संख्या चीनमा मात्र हो वा विश्वव्यापी रूपमा बिक्रीको बारेमा कुरा गरिरहेका छन भन्ने कुनै स्पष्टता छैन् ।
यसअघि पनि कम्पनीका अध्यक्षले घरेलु बजारमा पहिलो स्थानमा हुने लक्ष्य लिएको बताएका थिए ।
यसअघि नै ह्वावेले अनर ब्राण्ड बिक्री गर्दै त्यसमा कुनै शेयर नरहेको र बोर्डमा पनि नबस्ने बताएको थियो ।एजेन्सी
प्रकाशित: ३० मंसिर २०७७, मंगलवार