पोको–एक्स ३ स्मार्टफोन नेपाली बजारमा आउँदै, ट्विटरमा टिजर जारी

  • Technology Khabar | ३० मंसिर २०७७, मंगलवार
पोको–एक्स ३ स्मार्टफोन नेपाली बजारमा आउँदै, ट्विटरमा टिजर जारी

काठमाडौं ।

चिनियाँ मोबाइल कम्पनी शाओमी अन्तरगतको ब्राण्ड पोकोले नयाँ सिरिजमा नेपाली बजारमा स्मार्टफोन लन्च गर्ने भएको छ ।

नेपाली बजारमा ‘पोको एक्स३’ ल्याउने भएको हो। उक्त फोन डिसेम्बरको अन्त्यसम्म आइपुग्ने कम्पनीले बताएको छ।

सोमबार शाओमी नेपालका कन्ट्री म्यानेजर सौरभ कोठारी र पोकोको आधिकारीक ट्विटर एकाउन्टबाट पनि पोकोको एक्स सिरिजको टिजर सार्वजनिक गरेका छन् ।

जसमा एक्स सिरिजको फोन नेपाली बजारमा छिटै आउने बताईएको छ तर कुन फोन आउँछ भन्ने जानकारी छैन् ।

तर कम्पनी स्रोतकाअनुसार भने पोको एक्स ३ स्मार्टफोन नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।

यसमा स्न्यापड्रागन ७३२ चिपसेट राखिएको छ भने यसमा पावरफुल ब्याट्री रहेको छ । यो फोनमा ५जी चिपसेट हुनेछ तर नेपाली बजारमा भने ५जी वा ४जी भेरिएन्टमध्ये कुन आउँछ भन्ने जानकारी छैन् ।

फोनमा १६ मेगापिक्सेल, १३ मेगापिक्सेल, २मेगापिक्सेल २ मेगापिक्सेलको क्वाड रियर क्यामरा जडान गरिएको छ। सेल्फीका लागि भने २० मेगापिक्सलको फ्रन्ट क्यामरा छ।

प्रकाशित: ३० मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...