गुगलका जीमेल, युट्युव, म्याप्स लगायतका सबै सेवा विश्वभर डाउन

  • Technology Khabar | २९ मंसिर २०७७, सोमबार
गुगलका जीमेल, युट्युव, म्याप्स लगायतका सबै सेवा विश्वभर डाउन

काठमाडौं ।

अपडेटः

यसबारेमा गुगलले हालै ट्विटर एकाउन्टबाट सो बारेमा जानकार रहेको र समस्या समाधान गर्न प्राविधिक समूह लागिरहेको जानकारी दिएको छ । कम्पनीले अनुसनन्धानपछि मात्र थप कुरा स्पष्ट पार्ने जनाएको छ ।

गुगलका सेवाहरु विश्वभर डाउन भएका छन् । गुगलका लोकप्रिय सेवाहरु जीमेल, युट्युव, म्याप्स लगायतका सबै सेवा विश्वभर डाउन भएका हुन् ।

जसको असर नेपाली प्रयोगकर्ताहरुले समेत भोगे।

वेबसाइट डाउनभएको जानकारी राख्ने वेबसाइट डाउन डिटेक्टरका अनुसार आज बिहानदेखि सुरु भएको यो समस्या अहिले विश्वभरसबैभन्दा धेरै प्रभावित पारेको छ । जसको चपेटामा नेपाली प्रयोगकर्ताहरु समेत परे ।

यो समस्या गुगलको जीमेल, यूट्यूब, गूगल मिट, गूगल प्ले, गुगल डटकम, गुगल म्याप्सलगायत सबै सेवाहरुमा देखिएको छ। अहिलेपनि कयौं प्रयोगकर्ताहरुले सो बारेमा गुनासो गरिरहेका छन् ।

अहिले नेपालमा भने गुगलको सेवाहरु सुचारु भएपनि युरोपेली मुलुकका प्रयोगकर्ताहरुले अझै गुनासो गरिरहेका छन् ।

केहि समयअघि मात्र फेसबुकका सेवाहरुमा यस्तै किसिमको समस्या देखा परेको थियो ।

प्रकाशित: २९ मंसिर २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार