ताजा समाचार

नेपाल क्लियरिङ्ग हाउसले भन्यो- सामाजिक सञ्जालमार्फत रकम माग्ने फ्रड मेसेजबाट बच्नुहोस्

नेपाल क्लियरिङ्ग हाउसले भन्यो- सामाजिक सञ्जालमार्फत रकम माग्ने फ्रड मेसेजबाट बच्नुहोस्
Global IME Bank

नेपाल क्लियरिङ्ग हाउसले फेसबुक भाइबरलगायतका सामाजिक संजालबाट रकम माग्नेसँग सतर्क हुन भनेको छ।

कम्पनीले हालै आफ्नो ट्विटर एकाउन्टबाट कुनैपनि सामाजिक सञ्जालबाट आउने रकम माग्ने लगायतका झुटा र नक्कली संदेशहरुबाट बच्न भनेको हो ।

क्लियरिङ्ग हाउसले कुनै साथीभाईले फेसबुक तथा भाइबर लगायतका सामाजिक संजालबाट रकम माग्ने कार्य नक्कली र फ्रड हुनसक्ने भन्दै सो बारेमा बुझेर मात्र रकम पठाउन भनेको छ ।

‘कोही साथीले पैसा माग्दै हुनुहुन्छ भने आफ्नो एकाउन्टबाट फण्ड ट्रान्सफर गर्नु अघि एक पटक फोन गरेर सुनिश्चित गर्नुहोला,’ कम्पनीले भनेको छ ।

कम्पनीले आफ्नो भुक्तानी सेवा सुरक्षित र डिजिटल कारोबारलाई सुरक्षित बनाउन आग्रह समेत गरेको छ ।

Sajilo Visa
easy care