अमेरिकामा चाइना टेलिकमको सेवा सञ्चालन रोक्ने प्रकृया शुरु

  • Technology Khabar | २७ मंसिर २०७७, शनिबार
अमेरिकामा चाइना टेलिकमको सेवा सञ्चालन रोक्ने प्रकृया शुरु

काठमाडौं ।

अमेरिकी फेडरल कम्युनिकेसन कमिशन (एफसीसी) ले बिहीबार चाइना टेलिकमको संयुक्त राज्य अमेरिकामा सञ्चालन गर्न आधिकारिकता रद्द गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ। अमेरिकी टेलिकम्युनिकेसनमा चीनको भूमिकालाई रोक्नको लागि उसले थप कदम चालेको हो।

एफसीसीका अध्यक्ष अजीत पाईले उल्लेख गरे कि अमेरिकाका धेरै सरकारी निकायहरूले राष्ट्रिय सुरक्षा चिन्ताको कारण रिभोकेसनको सिफारिस गरेका थिए।

पाइले भने कि त्यहाँ ‘महत्वपूर्ण चिन्ता’ छ कि चाइना टेलिकमले चिनियाँ सरकारले सूचनाको लागि अनुरोध गरेको अवस्थामा संचार ईन्टरसेप्टको पालना गर्न बाध्य हुनेछ। चाइना टेलिकम, सबभन्दा ठूलो चिनियाँ दूरसंचार कम्पनीले लगभग २० बर्ष को लागि दूरसञ्चार सेवाहरु प्रदान गर्ने अधिकार प्राप्त गरेको थियो।

एफसीसीले गएको अप्रिलमा चेतावनी दिएको थियो कि उसले राष्ट्रिय सुरक्षा जोखिम उद्धृत गर्दै अमेरिकामा चीनका तीनवटा राज्य-नियन्त्रित चिनियाँ दूरसञ्चार कम्पनीहरूको सञ्चालन बन्द गर्न सक्छ, जसमा चाइना टेलिकम अमेरिका, चाइना युनिकम अमेरिकाज, प्याशिफिकस नेटवर्क कर्प र यसका पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी कमनेट (यूएसए) एलएलसी समेत छ ।

यसका साथै एफसीसीले अमेरिकाका क्यारियरमा रहेको ह्वावे र जेडटिईका उपकरणहरु हटाउने प्रकृया शुरु गरेको बताएको छ । जसमा अमेरिकाका साना क्यारियरहरुले ती उपकरण तथा सेवाहरु हटाउन अनुदान दिनेछ । रोयटर्स

प्रकाशित: २७ मंसिर २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार