मास्टरकार्डले पोर्नहबमा रहेको आफ्नो भुक्तानी सेवा बन्द गर्ने

  • Technology Khabar | २७ मंसिर २०७७, शनिबार
मास्टरकार्डले पोर्नहबमा रहेको आफ्नो भुक्तानी सेवा बन्द गर्ने

काठमाडौं ।

अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायक मास्टरकार्डले पोर्नोग्राफी पोर्नहबमा यसको कार्डको प्रयोग अन्त्य गरिरहेको बताएको छ।

कम्पनीले एक समीक्षा पछि गैरकानूनी सामग्रीको उपस्थिति पुष्टि भएको भन्दै भुक्तानीको लागि प्रयोग भईरहेको मास्टरकार्डको प्रयोग अन्त्य गरेको बताएको हो।

हालै न्यु योर्क टाइम्सको अनुसन्धान रिपोर्टले उक्त साइटमा बाल दुराचार र महिलाहरुलाई दुर्व्यवहार तथा बलात्कार गरिएका पोर्न भिडियोहरु भएको आरोप लगाएको थियो।

पोर्नहबले भने सो दावीलाई अस्वीकार गरेको छ र मास्टरकार्डको कार्यहरू अत्यन्त निराशाजनक भएको बताएको छ।

अर्को भुक्तानी जायन्ट भिसाले पनि आफ्नो समीक्षाको नतिजा नआएसम्मका लागि सो साइटमा यसको कार्डहरूको प्रयोग निलम्बित गरेको छ।

पुलिट्जर पुरस्कार विजेता पत्रकार निकोलस क्रिस्टोफले आफ्नो न्यु योर्क टाइम्सको लेखमा उक्त नाम दिएपछि मास्टरकार्डले अनुसन्धान शुरू गर्‍यो र उनले भने कि ‘सर्च इञ्जिन, बैंक वा क्रेडिट कार्ड कम्पनीले पोर्नहबलाई किन बढावा दिनुपर्दछ भन्ने कुनै कारण उनी देख्दैनन्।’

‘विगतका धेरै दिनहरूमा गरिएको हाम्रो अनुसन्धानले उनीहरूको साइटमा गैरकानुनी सामग्री निषेध गर्ने मापदण्डको उल्लंघन भएको पुष्टि गरेको छ,’ मास्टरकार्डले एक विज्ञप्तिमा भन्यो, ‘हामीले वित्तीय संस्थालाई हाम्रो नेटवर्कमा सो साइट कनेक्ट भएको स्वीकृति समाप्त गर्नका लागि निर्देशन दियौं।’

यसका साथै कम्पनीले भन्यो कि अन्य वेबसाईटहरूमा पनि हुनसक्ने सम्भावित अवैध सामग्रीको छानबिन गर्न जारी गर्नेछ। बिबिसी

प्रकाशित: २७ मंसिर २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार