महालक्ष्मी विकास बैंकद्धारा कर्पोरेट पे प्रणालीको सुरुवात

  • Technology Khabar | २६ मंसिर २०७७, शुक्रबार
महालक्ष्मी विकास बैंकद्धारा कर्पोरेट पे प्रणालीको सुरुवात

काठमाडौं ।

महालक्ष्मी विकास बैंकले खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ।

त्यसका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

डिजिटल प्लेटफर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन्।

कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्विकृती लगायतका आवश्यक प्रकृया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यस पश्चात प्रयोगकर्ताहरु आफैले तोकिएको सिमा कारोबार भित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । उक्त सिमा भन्दा बढिको कारोबार गर्न बैंकको थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रहेको छ ।

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नाडा ‘ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • Technology Khabar
  • २६ मंसिर २०७७, शुक्रबार