पत्रकार र सञ्चारमाध्यमलाई इन्टरनेट जडानका लागि अनुदान दिँदै प्रेस काउन्सिल नेपाल

  • Technology Khabar | २६ मंसिर २०७७, शुक्रबार
पत्रकार र सञ्चारमाध्यमलाई इन्टरनेट जडानका लागि अनुदान दिँदै प्रेस काउन्सिल नेपाल

काठमाडौं ।

पत्रकारिताको विकास र बिस्तारमा सहयोग पुर्याउने गरि पत्रकार तथा संचारमाध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेट जडान गर्दा २० हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने भएको छ ।

हालै काउन्सिलले नीतिगत व्यवस्थासहित पत्रकार तथा संचारमाध्यमलाई इन्टरनेट जडानमा २० हजार रुपैयाँसमम्म अनुदा दिने भएको हो ।

पत्रकारिताको विकास र विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित काउन्सिलको मिडिया विकास कोषबाट यस्तो अनुदान उपलब्ध गराइने काउन्सिलले सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ।

काउन्सिलको नीतिअनुसार यस्तो अनुदान अति दुर्गम क्षेत्र एवम् दलित, महिला, अल्पसङ्ख्यक समुदाय साथै अपाङ्गता भएर पत्रकारिता गरिरहेका, न्यून आय भएका पत्रकारलाई उपलब्ध गराइनेछ।

अनुदान प्राप्त गर्न सञ्चारमाध्यम कम्तिमा तीन बर्षदेखि नियमित सञ्चालनमा रहेको र पत्रकारको हकमा कम्तिमा पाँच वर्ष नियमित पत्रकारिता गरेको हुनपर्नेछ ।

यसरी उपलब्ध गराइने अनुदान प्रत्येक प्रदेशमा एक वर्षमा बढीमा २/२ जना पत्रकारलाई मात्र उपलब्ध गराईने काउन्सिलले जानकारी दिएको छ ।

काउन्सिलले यस्तो अनुदान प्राप्त गर्न शुक्रबारदेखि ३० दिन भित्र उल्लेखित योग्यता पुग्ने प्रमाणित हुने बिल समेतका कागजात र नेपाल पत्रकार महासंघको सिफारिससहित निवेदन दिन सक्ने उल्लेख गरेको छ ।

तर आचारस‌ंहिता उलंघनको कारबाहिमा परेको २ वर्ष पुरा नभएको पत्रकार र सञ्चारमाध्यमलाई भने सो सुबिधा उपलब्ध हुनेछैन् ।

प्रकाशित: २६ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...