कर्मचारी सञ्चय कोषको कर्जा एनआईसी एशिया बैंकबाटै तिर्न सकिने

  • Technology Khabar | २५ मंसिर २०७७, बिहीबार
कर्मचारी सञ्चय कोषको कर्जा एनआईसी एशिया बैंकबाटै तिर्न सकिने

काठमाडौं ।

कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

बैंकले नेपाल क्लियरिङ्ग हाउस लि (एनसीएचएल)सँग सहकार्य गरेसँगै कर्मचारी सञ्चय कोषका ऋणीले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका हुन् ।

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ । कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफुले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउस लि९एनसीएचएल० सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिएका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरुले उपभोग गरेका कर्जा बमोजिमको किस्ता रकम कनेक्ट आईपीएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।

बैंकले हाल ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • २५ मंसिर २०७७, बिहीबार