
काठमाडौं ।
फेसबुक इन्स्टाग्राम र मेसेन्जर संसारभर डाउन भएको छ । विश्वभरबाट फेसबुकका साथै इन्स्टा र मेसेन्जर डाउन भएको अनुभव गरिरहेका छन् ।
केहि समयअघि मेसेन्जर मात्र समस्यामा रहेकोमा विभिन्न देशहरुका प्रयोगकर्ताले फेसबुक र इन्स्टामा पनि समस्या भोगिरहेको बताएका छन् ।
वेबसाइट डाउन भएको जानकारी दिने डाउन डिटेक्टरका अनुसार फेसबुकका प्रयोगकर्ताहरुले इन्स्टाग्राम र मेसेन्जरमा पनि पहुँच पाउन सकिरहेका छैनन् ।
डाउन डिटेक्टरका अनुसार मेसेन्जरमा पछिल्लो २४ घण्टामा मेसेज आदान प्रदान गर्न सर्भरमा पहुँच पाउन तथा लग इन गर्न सकिरहेका छैनन् ।
त्यसैगरि इन्स्टामा न्यूज फिड हेर्न नसकेको स्टोरीमा पहुँच नभएको तथा पोस्ट गर्न नसकिएको समस्या रहेको छ ।
फेसबुकमा भने अधिकांशले लगइन गर्न नसकेको, पुरै काम नगरेको तथा न्यूज फिड हेर्न नसकिएको समस्या भोगिरहेका छन् ।
यस्तो समस्या के कारण भएको हो भन्ने बारेमा जानकारी छैन् ।
प्रकाशित: २५ मंसिर २०७७, बिहीबार