
काठमाडौं ।
एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले भारतमा अर्को वर्ष मात्र ५जी सेवा शुरु हुने बताएका छन् । भारत मोबाइल कांग्रेसको बेला एक भाषणमा रिलायन्स उद्योगका अध्यक्ष मुकेश अंबानीले भारतमा ५जी योजनाको बारेमा बोलेका थिए।
मुकेश अंबानीका अनुसार रिलायन्स जियोले भारतमा २०२० को दोस्रो अर्धवार्षिकमा ५जी सुरु गर्ने छ।
यो उल्लेखनीय छ कि यो भारत मोबाइल कांग्रेसको चौथो वर्ष हो। तर यस पटक यो घटना कोरोनाभाइरसको कारण भर्चुअल माध्यमबाट मात्र आयोजना भईरहेको छ ।
मुकेश अंबानीले आफ्नो भाषणमा भनेका छन्, ‘म तपाईंलाई आश्वसन दिन्छु कि जियोले २०२१ को उत्तरार्धमा भारतमा ५जी क्रान्ति ल्याउनेछ। यो नेटवर्क, हार्डवेयर र भारतमा बनेको टेक्नोलोजी कम्पोनेन्टमा आधारित हुनेछ ।’
यस भाषणमा मुकेश अंबानीले सरकारलाई चार सल्लाह दिएका छन्। २ जी प्रयोगकर्तालाई स्मार्टफोनमा बदल्नदेखि भारतमा ५ जी चाँडै सुरूवात गर्न सरकारलाई नीतिगत कदम चाल्नसम्म आग्रह गरिएको छ।
मुकेश अंबानीले भनेका छन् कि भारतमा अझै ३० करोड मोबाइल प्रयोगकर्ताहरू २ जी प्रयोग गरिरहेका छन्। उनले यो पनि भने कि यी प्रयोगकर्ताहरूलाई किफायती स्मार्टफोनहरू प्राप्त गराउन तुरुन्त आवश्यक नीति लिने र नयाँ कदम चाल्नु पर्छ।
मुकेश अंबानीका अनुसार भारत विश्वकै सबभन्दा राम्रो डिजिटल कनेक्टेड देशहरू मध्ये एक हो। यस्तो अवस्थामा, नेतृत्व कायम राख्न, चाँडै फाईभजी ल्याउने नीति चरणहरूमा काम गर्नुपर्दछ।
उनले यस भाषणमा रिलायन्स जियोको उपलब्धिहरुका बारे पनि बोल्दै भने कि २० वटा स्टार्टअप पार्टनरहरु छन् जसले वर्ल्ड क्लास आर्टिफिशियल इंटेलिजेन्स, क्लाउड कम्प्युटिंङ्ग, बिग डाटा, मेसिन लर्निङ्ग, इन्टरनेट अफ थिंग्स, फाइनान्शियल सर्भिस र न्यू कमर्सको क्षेत्रमा काम गरिरहेका छन्।
प्रकाशित: २३ मंसिर २०७७, मंगलवार