
काठमाडौं ।
नेपाल टेलिकमले आफ्नो कम्पनीको नाम दुरुपयोग गरेर भ्रामक सामग्रीहरु सामाजिक सञ्जालमा शेयर गरिएको भन्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको छ।
कम्पनीले जरुरी सूचना प्रकाशित गर्दै नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सोशल मिडिया अनधिकृत पेजमार्फत भ्रामक जानकारी प्रकाशित भएको भन्दै त्यस्ता सामग्रीमा भर नपर्न आग्रह गरेको छ ।
नेपाल टेलिकमको हरेक जानकारी आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र लिनुहुन समस्त ग्राहकवर्गलाई आग्रह गर्दछौँ ।#NepalTelecom pic.twitter.com/NmmxezNsOd
— Nepal Telecom (@ndcl_nt) December 8, 2020
कम्पनीले ग्राहकहरुला झुक्याउने प्रकारका फेसबुक पेजहरु लगायत बनाएर डाटा चोर्न सक्नेतर्फ सबैलाई सचेत बनाएको छ । जसमा कुनैपनि बिबरण र जानकारी नदिनका लागि सबैलाई भनेको छ ।
कम्पनीले नेपाल टेलिकमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेको हो ।
प्रकाशित: २३ मंसिर २०७७, मंगलवार