पहिलो अण्डरडिस्प्ले क्यामरा स्मार्टफोन जेडटिई एक्जोन २० फाईभजी विश्व बजारमा उपलब्ध
काठमाडौं ।
विश्वको पहिलो अण्डरडिस्प्ले क्यामरा स्मार्टफोन जेडटिई एक्जोन २० फाईभजी गएको सेप्टेम्बरमा घोषणा गरिएको थियो र केही समयको लागि चीनमा खरीदको लागि उपलब्ध छ।
स्मार्टफोन यसको अन्डर डिस्प्ले फ्रन्ट फेसिंग क्यामराको साथ अद्वितीय रहेको छ र अब सबैजना यसलाई अनुभव गर्न सक्षम हुनेछन् किनकि कम्पनीले विश्वव्यापी रूपमा यसलाई उपलब्ध गराउँदैछ।
जेडटिईलेफोनका लागि रिजर्भेसन खोल्दै छ, तपाईलाई सो स्मार्टफोनको यूनिट रिजर्भ गर्न तपाईको इ-मेल ठेगाना टाइप गर्न आवश्यक छ किनकि निर्माताले भनेका छन कि पहिले सीमित संख्यामा मात्र उपलब्ध हुनेछ।
पहिलो वास्तविक शिपमेन्ट डिसेम्बर २१ बाट सुरु हुनेछ।
पहिलो चरणमा चीन बाहिर यी देशहरुमा मात्र उपलब्ध हुनेछ-
- बेलायत
- युरोपेली संघ
- जापान
- दक्षिण कोरिया
- थाईल्यान्ड
- मलेशिया
- फिलिपिन्स
- संयुक्त अरब एमिरेट्स
- युक्रेन
- साउदी अरेबिया
- दक्षिण अफ्रिका
कम्पनीले फोन उपलब्ध हुने बताएपनि यसको बजार मूल्य निर्धारण कम्पनीको आधिकारिक ग्लोबल वेबसाइट मार्फत खुलासा हुन सकेको छैन। एजेन्सी