नेपाल बैंकको ८४औं वार्षिकोत्सव सम्पन्न, एकैपटक २६ शाखा र ७ एक्सटेन्सन काउन्टर उद्घाटन

Technology Khabar ४ मंसिर २०७७, बिहीबार

काठमाडौं ।

नेपाल बैंक लिमिटेडको ८४औं वार्षिकोत्सव समारोह विद्युतीय माध्यमबाट अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक ३० गते सम्पन्न भएको छ ।

अर्थमन्त्री पौडेलबाट बैंकले विगत १ बर्षमा स्थापना÷पुनःस्थापना गरेका २६ वटा शाखा र ७ वटा एक्सटेन्सन काउन्टरको उद्घाटन र बैंकको वार्षिकोत्सव विशेषाङ्क २०७७ विमोचन समेत गरे ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बैकिङ्ग प्रणालीमा नेपाल बैंकले आफुलाई अग्र स्थानमा उभ्याउन सफल हुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दै शुभकामना दिए ।

समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उद्योग व्यवसायको विकास र रोजगारी सृजनामा ठूलो योगदान पु¥याएको यस बैंकको नेपाल सरकारबाट लागूभएका विभिन्न कार्यक्रमहरुको कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका रहने आशा र विश्वास व्यक्त गरे ।

हाल बैंक व्यावसायिक हिसाबले सञ्चालन भइरहेकोमा खुसी व्यक्त गर्दै कोरोना महामारीको यस विषम परिस्थितीम भर्चुअल माध्यमबाट काम गर्न र बैंकले ग्राहकलाई विद्युतिय माध्यमबाट सेवादिने कार्यलाई थप प्रोत्साहित गर्दै लैजानेमा विश्वास गर्दै बार्षिकोत्सव समारोहको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।

राजश्व सचिव रामशरण पुडासैनीले बैंकको संस्थागत सुशासन, व्यवस्थापनको कार्यदक्षता र कार्य क्षमतामा सुधार हुँदै गएको र अझ सुधार हुनेमा विश्वास व्यक्त गर्दै, बजारमैत्री सेवा तथा प्रविधिको माध्यमबाट बैंकको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्न, ग्राहक मुखी कर्यक्रमहरुमा थप जोड दिन, लागत घटाउने उपायहरु अवलम्वन गर्न सुझाव दिए ।

समारोहका सभापति सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण, नियामक निकायका निर्देशनको परिपालनागर्दै डिजिटाइजेसनको माध्यमबाट सेवाको गुणस्तर बृद्घि गर्ने तर्फ बैंक केन्द्रित भएको जानकारी समेत गराए ।

देशमा संस्थागत बैंकिङ्गको शुन्यता रहेको बेला आम जनतामा बैंकिङ्ग सेवाप्रदान गर्ने उद्देश्य लिई ८३ वर्ष अघि विक्रम सम्वत १९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापित देशको बैंकिङ्ग इतिहासको आधार स्तम्भको रुपमा नेपाल बैंकलाई लिइने गरिएको छ ।

प्रकाशित: ४ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया