‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजीज विजयी

  • Technology Khabar | ३ मंसिर २०७७, बुधबार
‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजीज विजयी

काठमाडौं ।

नेपालमा खानेपानी समितिहरूलाई डिजिटलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजीज प्रा.लि. ‘सिड स्टार्स वर्ल्ड प्रतिश्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।

नेपाललगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजीज छानिएको हो ।

मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजीजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘यो वर्षको सिडस्टार्समा नेपालबाट हामी विजेता बन्न पाउँदा धेरै हर्षित छौँ । हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने छौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ’।

नेपालमा दियालो टेक्नोलोजीजले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ ।

यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३ मंसिर २०७७, बुधबार