अब ह्वाट्सएपबाटै किनमेल गर्न सकिने, नयाँ सपिङ्ग बटन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध

  • Technology Khabar | २८ कार्तिक २०७७, शुक्रबार
अब ह्वाट्सएपबाटै किनमेल गर्न सकिने, नयाँ सपिङ्ग बटन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध

काठमाडौं ।

मेसेजिङ्ग एप ह्वाट्सएपले विश्वव्यापी रुपमा प्रयोगकर्ताहरुका लागी सपिङ्ग बटन रोल आउट गरेको छ ।अब नयाँ फीचरका साथमा प्रयोगकर्ताहरुले च्याटिङ्ग वा भिडियो कल बाहेक सपिङ्ग पनि गर्न सक्नेछन् ।

यो एन्ड्रोइड र आईओएस दुबै प्रयोगकर्ताहरुका लागी उपलब्ध भएको छ ।

यसले प्रयोगकर्ताहरुलाई सिधैं व्यवसाय क्याटालगमा लैजान्छ । यो नयाँ विकल्प भने स्क्रीनको माथिल्लो दाँया भागमा हुनेछ । पहिले प्रयोगकर्ताहरुले बिजनेस प्रोफाइलमा थिचेर त्यो व्यवसायको क्याटालग छ की छैन भनेर हेर्नु पर्थ्यो ।

अब भने सजिलै प्रोडक्टहरु खोजेर कुराकानी सुरु गर्न सक्दछन् । यसले विक्री पनि बढाउन सक्छ । यसका लागी व्यवसायीहरुले ह्वाट्सटसएप बिजनेस एपमा क्याटालग सेट गर्नुपर्ने हुन्छ ।

ह्वाट्सएप शपिङ्ग बटनले प्रयोगकर्तालाई कम्पनीले प्रस्ताव गरेको सामान र सेवाहरूको बारेमा जानकारी दिनेछ ।

यो नयाँ फिचर भारतमा पेमेन्ट सपोर्टको फिचर आएको केही दिन पछि नै आएको हो । यसले व्यवसायीहरुलाई अझै सहज बनाउने विश्वास गरिएको छ । एजेन्सी

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...