काठमाडौं ।
गूगलले आफ्नो फोटो एपमा अर्को वर्षदेखि नीतिगत परिवर्तन गर्ने जानकारी दिएकोछ ।
कम्पनीले गूगल फोटोमा स्टोरेज नीतिमा संसोधन गर्दै प्रत्येक प्रयोगकर्तालाई १५ जीबी स्टोरेज निशुल्क दिने बताएको छ । कम्पनीले प्रयोगकर्ताहरुलाई ईमेलमार्फत जानकारी दिँदै सन् २०२१ जून १ तारिखदेखि हरेकलाई १५ जीबी फ्रि स्टोरेज अप्सन दिने बताएको छ ।
यस्तो सेवा यसअघि गूगल ड्राइभ र जीमेल सेवामा उपलब्ध रहेको छ ।
गूगल फोटोजमा प्राप्त हुने १५ जीबी स्टोरेजमा उच्च गुणस्तरको फोटोहरु र भिडियोहरु राख्न सकिनेछ भने कम्पनीले गूगल एकाउन्ट प्रयोग गर्ने सबैलाई उपलब्ध गराउने छ ।

यसको सबैभन्दा महत्वपूर्ण सुबिधा भनेको जून १, २०२१ भन्दा अगाडि गूगल फोटोजमा स्टोरेज गरिएका फोटोहरु तथा भिडियोहरुलाई भने १५जीबीमा समावेश गरिनेछन् । अर्थात त्यसलाई पनि प्रयोगकर्ताहरुले छुट्टै स्टोरेजको रुपमा राख्न सक्नेछन् ।
‘हामीले यो निर्णयलाई हलुकारुपमा लिएका छैनौं र यो ठूलो परिवर्तन भएको हाम्रो ठहर छ, त्यसैले यो बारेमा तपाईँहरुलाई एडभान्समा जानकारी दिएका छौं र यो परिवर्तनमा सहयोग गर्न सक्नुहुनेछ,’ गूगलले पठाएको ईमेलमा भनेको छ ।

यसको अर्थ अब प्रयोगकर्ताहरुले अहिले जीमेलमा पाएको जस्तै १५ जीबी स्टोरेज गूगल फोटोजमा निशुल्क प्राप्त गर्नेछन् । र त्यसको लागि प्रयोगकर्ताहरुले सो एप निरन्तर प्रयोग गर्न सक्ने बताईएको छ ।
कम्पनीले जून १, २०२१ मा नयाँ स्टोरेज म्यानेजमेन्ट टूल लन्च गर्ने जानकारी दिएको छ जसले प्रयोगकर्ताहरुलाई कालो, अस्पष्ट, र अनावश्यक फोटोहरु तथा भिडियोहरुलाई हटाउन सहयोग गर्ने कम्पनीले बताएको छ ।
यस बाहेक थप स्टोरेज अप्सन चाहिएमा गूगल वनको सेवा उपलब्ध भएसँगै खरिद गर्न सकिने बताएको छ ।
हाल गूगल फोटोजमा ४ खर्ब फोटो तथा भिडियोहरु स्टोर छ भने प्रत्येक साता २८ अर्ब फोटो तथा भिडियो अपलोड हुने गरेको छ ।
प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार