
काठमाडौं ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले मेसेन्जरमा च्याटबोट सेवा शुरु गरेको छ ।
कम्पनीले फेसबुक मेसेन्जरमार्फत सेवाग्राहीहरुलाई सहयोग गर्नेगरि एनसेल च्याटबोट शुरु गरेको हो ।
एनसेल च्याटबोटलाई कम्पनीले ‘माया’ नाम दिएको छ जससँग ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार च्याट गर्न सक्नेछन् ।
एनसेल च्याटबोट मायासँग च्याट गरेर कम्पनीको कुनैपनि सेवा लिन सकिनेछ भने हरेक दिन त्यसरी सेवा खरिद गर्नेहरुमध्ये १०० जना भाग्यशाली बिजेताहरुलाई उपहार समेत दिनेछ ।
च्याट गर्नेहरुमध्ये दैनिकरुपमा १०० जनाले २ जीबी डाटा एनसेलबाट प्राप्त गर्ने बताईएको छ।
अब Ncell chatbot मायासँग chat गरी Ncell को कुनै पनि सेवाहरु खरिद गर्नुहोस् र हरेक दिन १०० जना भाग्यशाली विजेता मध्ये एक बनि पाउनुहोस् 2 GB data जित्ने मौका। माया chatbot सँग कुरा गर्न https://t.co/fu7Yift7Qa मा जानुहोस्।#NcellFamily #FastData #GoDigital pic.twitter.com/wriEGq25Kf
— Ncell (@Ncell) November 11, 2020
कम्पनीले यो अफर १५ दिनका लागि लागू गरेको जनाएको छ ।
प्रकाशित: २६ कार्तिक २०७७, बुधबार