
काठमाडौं ।
काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।
आइतबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।
बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रकाशित: २६ कार्तिक २०७७, बुधबार