
काठमाडौं ।
गूगल क्लाउडमार्फत नेपाली शिक्षा क्षेत्रले लाभ पाउने भएको छ । हालै नेपाली कम्पनी डिजिटल एण्ड बियोण्ड प्रालिले नेपालको लागि गूगल क्लाउड पार्टनर कार्यक्रमको रुपमा नेपालको लागि लाइसेन्स प्राप्त गरेको छ ।
सो लाइसेन्सका साथमा अब नेपाली शैक्षिक संस्थाहरुले समेत गूगल एप्स इन्टरप्राइज इन एजुकेसन र गूगल क्लाउड सर्भिसेज उपयोग गर्न पाउने भएका छन् ।
डिजिटल एण्ड बियोण्ड प्रालिले अब अनलाइन कक्षा र दूर शिक्षाको अवसर अन्तराष्ट्रिय स्तरमा र स्थानीय स्तरमा संचालन र प्रयोग गर्न सकिने जानकारी दिएको छ ।
स्थानीय स्तरमा कम्पनीले शिक्षाका लागि गूगल सुईटको तालिम, जडान र दर्ताको कार्य गर्ने बताएको छ ।
जसअन्तरगत शिक्षाको लागि गूगल सुईट निशुल्क दर्ता गर्न सकिने, विद्यालय र कलेजहरुका लागि गूगल सुईट सुरक्षितरुपमा प्रयोग गर्न सकिने, गूगल क्लाउड एजुकेसन फ्रेमवर्कलाई सुरक्षितरुपमा डिजाइन र विकास गर्न सकिने, तालिमहरु संचालन गर्न सकिने बताईएको छ।
डिजिटल एण्ड बियोण्डले नेपालका ३०० भन्दा बढि संस्थाहरुका १० हजार भन्दा बढि शिक्षक तथा तालिम प्रदायकहरुलाई सहयोग गरिरहेको कम्पनीका सह संस्थापक दिपेन्द्र न्यौपानेले बताए ।
प्रकाशित: २४ कार्तिक २०७७, सोमबार