अब मोबाइलमा पनि यूट्यूबका भिडियोहरु फूल एचडीमा हेर्न सकिने

  • Technology Khabar | २३ कार्तिक २०७७, आईतवार
अब मोबाइलमा पनि यूट्यूबका भिडियोहरु फूल एचडीमा हेर्न सकिने

काठमाडौं ।

यूट्यूबले आफ्नो फूल एचडी क्वालिटीको भिडियोलाई एचडी ४८०पी रिजोलुसनमा यसै बर्ष मार्चमा झारेको थियो । कम्पनीले कोरोना युगमा इन्टरनेटमा अत्यधिक भार भएको भन्दै ब्याण्डविथ खपत कम गर्न यो निर्णय लिएको थियो।

किनभने कोरोना संक्रमणमा लकडाउनले मानिसहरु घरमा नै रहेका थिए र यूट्यूबमा आफ्नो समय खर्च गरिरहेका थिए। यस्तो अवस्थामा इन्टरनेटमा लोड पनि बढ्दै गइरहेको थियो, जसलाई ध्यानमा राख्दै कम्पनीले फूल एचडी क्वालिटी बन्द गर्यो। तर अब फूल एचडी भिडियो क्वालिटी प्रयोगकर्ताहरूका लागि मोबाइलमा पनि उपलब्ध गराइएको छ।

गत जुलाईमा कम्पनीले ब्रोडब्यान्ड प्रयोगकर्ताहरूको लागि मात्र पूर्ण क्षमता बढाएको थियो अर्थात् फूल एचडी आएको थियो।

अब भने कम्पनीले मोबाइल डाटा प्रयोग गर्नेहरूको लागि पनि फूल एचडी क्वालिटीमा भिडियो हेर्न सकिने गरि क्षमता बढाएको छ। यसको मतलब अब ब्रोडब्यान्डको साथ, मोबाइल प्रयोगकर्ताहरूले पनि फूल एचडी भिडियो क्षमताको फाइदा लिन सक्नेछन्।

यूट्यूबले गरेको घोषणाका अनुसार, अब प्रयोगकर्ताहरूले फूल एचडीमा ७२० पिक्सेल र १०८० पिक्सेलमा भिडियो स्ट्रिमिगको आनन्द लिन सक्दछन्। तर ध्यान दिनुस कि यूट्यूबमा अझै भिडियोलाई फोरके क्वालिटीमा स्ट्रिम गर्न सकिदैन। तर यो आशा गरिन्छ कि फूल एचडी पछि, अब कम्पनीले चाँडै फोरके भिडियो स्ट्रिम पनि सुरू गर्नेछ।

यसअघि तत्कालिन समयमा युट्युबका साथै अमेजन, नेटफ्लिक्स फेसबुकलगायतका महामारीमा ब्याण्डविथ खपत कम गर्न भनेर भिडियोलाई स्ट्याण्डर्ड भर्सनमा मात्र हेर्न सकिने बनाएका थिए । एजेन्सी

प्रकाशित: २३ कार्तिक २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार