
काठमाडौं ।
अहिलेको फेस्टिभल समयमा अनलाइन र अफलाइन दुबैतर्फ बिक्रीको मौसम हो। नेपालमा पनि विभिन्न कम्पनीहरुले सेल मेला लगाईरहेका छन् । अहिलेको महामारीपछिको समयमा विशेष गरी व्यक्तिहरूले स्मार्टफोनहरु खरीद गर्ने योजनाहरू बनाईरहेका छन्। तर जब तपाईं स्मार्टफोन खरीद गर्नुहुन्छ वा अपग्रेडको सोचमा हुन्छ, त्यसोभए तपाईँले केहि चीजहरूको ख्याल राख्नुहोस्।
स्मार्टफोन खरीद गर्ने समयमा क्यामरा, ब्याट्री, प्रोसेसरको अनुसन्धान गर्नुहोस् र यसको मूल्यको साथै डिस्प्ले र परफरमेन्स पनि हेर्नुहोस् ताकि तपाईंको फोन भ्यालू फर मनि होस्।
क्यामरा फोकस
आजकल धेरै जसो स्मार्टफोन कल र च्याटिङ्गको अतिरिक्त फोटोहरू खिच्नको लागि प्रयोग गरिन्छ । त्यसैले यस्तो स्मार्टफोन किन्नुहोस् जसमा तपाई उत्कृष्ट क्यामरा क्वालिटी पाउनुहुन्छ। राम्रो क्यामरा भएको स्मार्टफोन हरेक बजेट सेगमेन्टमा फेला पर्दछ, तर राम्रो फोटो क्लिक गर्न, तपाईँले फोनको क्यामराको बिस्तृत विवरणमा जानुपर्नेछ। क्यामरामा अधिक मेगापिक्सेल भएको फोन खरीद गर्नुहोस्, साथै क्यामरा अपर्चर, आईएसओ लेभल र अटोफोकस जस्ता सुविधाहरूका साथै विभिन्न मोडहरुको बारेमा हेर्नुहोस्।
ब्याट्री क्षमता
स्मार्टफोनमा राम्रो ब्याट्री हुनु पनि धेरै महत्त्वपूर्ण छ। आजभोली स्मार्टफोनको प्रयोग दिनभर यूट्यूब हेर्न, भिडियो हेर्न वा भिडियो कल र मेसेजहरु पठाउनका लागि प्रयोग गरिन्छ। धेरै मानिसहरूले २४ सै घण्टासम्म आफ्नो फोन अन राख्दछन्, यस्तो अवस्थामा स्मार्टफोनमा ब्याट्री एकदम चाँडै डिस्चार्ज हुन्छ। फोन किन्ने समयमा ब्याट्री फ्याक्टरमा ध्यान दिनुहोस् र एक शक्तिशाली ब्याट्रीको साथ स्मार्टफोन खरीद गर्नुहोस् ताकि फोनलाई चाँडै चार्ज गर्न आवश्यक पर्दैन।
फास्ट प्रोसेसर
प्रोसेसर एक प्रकारको स्मार्टफोनको मुख्य सफ्टवेयर हो। सकेसम्म नयाँ र एडभान्स प्रोसेसरसहितको फोन किन्नुहोस् । यसले गर्दा तपाईंको फोन छिटो चल्नेछ र फोन ह्यांग हुँदैन् यदि तपाईंले थप एप्स खोल्नुभयो भने पनि। यसैले फोन खरीद गर्दा प्रोसेसरमा ध्यान दिनुहोस्। यदि तपाईं फोनमा गेम खेल्ने शौख राख्नुहुन्छ भने शक्तिशाली, फास्ट र दमदार प्रोसेसर भएको स्मार्टफोन मात्रै छनौट गर्नुपर्छ ।
डिस्प्ले क्वालिटी
आजकल फोनको डिस्प्ले एक आकर्षणको केन्द्र हो। स्मार्टफोनमा राम्रो एचडी र ठूलो साइजको स्क्रिनको ट्रेण्ड छ । विशेष गरी भिडियो र गेमिङ्गको लागि, ठूलो डिस्प्ले र उच्च रिजोलुसन आवश्यक हुन्छ। यस्तो अवस्थामा, जब तपाइँ नयाँ स्मार्टफोन किन्न जाँदै हुनुहुन्छ भने यसको डिस्प्लेलाई वेवास्ता नगर्नुहोस्। आजकल एलसिडी डिस्प्लेको साटो एलईडी डिस्प्ले अधिक लोकप्रिय छ ।
भ्यालू फर मनि
सबैजना कम मूल्यमा राम्रो फोन प्राप्त गर्न चाहन्छन् र यसलाई भ्यालु फर मनि भनेर भनिन्छ। त्यसकारण जब तपाईँ नयाँ फोन किन्नुहुन्छ, तपाईँले गणना गर्नुपर्नेछ कि फोन त्यो मूल्यको हिसाबले राम्रो छ वा महँगो। धेरै पटक, राम्रो सुविधाहरू सहिको फोन कम मूल्यमा उपलब्ध हुन्छन् र कहिलेकाँहि फोनहरू समान सुविधाहरू भएपनि ब्रान्डको कारण महँगो हुन्छन्।
प्रकाशित: २४ कार्तिक २०७७, सोमबार