सामान आयात गर्दा अनलाइनबाटै नो अब्जेक्सन लेटर, यसरी दिनुस् आवेदन

  • Technology Khabar | १७ कार्तिक २०७७, सोमबार
सामान आयात गर्दा अनलाइनबाटै नो अब्जेक्सन लेटर, यसरी दिनुस् आवेदन

काठमाडौं ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयात गर्दा नो अब्जेक्सन लेटर अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको छ ।

विभागले कार्तिक १६ गतेदेखि प्रतिपत्र बाहेक ड्राफ्ट, टिटि, बैंक ग्यारेन्टी, डीएपी र डीएएको माध्यमबाट सामान आयात गर्दा अनलाइनबाटै आवेदन दिने व्यवस्था गरेको हो ।

विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो बनाउन एवं कोभिड १९ संक्रमणको जोखिमबाट कर्मचारी तथा सेवाग्राहीहरुलाई सुरक्षा प्रदान अनलाइनबाटै आवेदनको व्यवस्था मिलाइएको हो ।

यसरी आवेदन दिन सकिने

  • नो अब्जेक्सन लेटर पाउन सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।
  • त्यसपछि नयाँ युजर आईडी बनाउन नयाँ युजर अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब ईमेल, नाम, फोन नम्बर र पासवर्ड राखेर साइन अपमा क्लिक गर्नुहोस् ।
  • साइनअप गरेपछि मोबाइल वा ईमेलमा आएको भेरिफिकेसन कोडबाट आफ्नो अकाउन्ट ३० मिनेट भित्र भेरिफाई गर्नुहोस् ।
  • अब टिटि, बैंक ग्यारेन्टी, डीएपी र डीएएको लागि अनुरोध गर्न बायाँतर्फको हरियो रङ्ग एनओसी रिक्वेस्टमा क्लिक गर्ने ।
  • क्लिक गरेपछि डिस्प्लेमा देखिने अनलाइन फाराम गर्नुहोस् ।
  • आवश्यक कागजात स्क्यान गरी इनभ्वाइस, बीरएल, स्वीफ्ट कपी र बीबीनी फाराम जेपीजी स्वरुपमा सम्बन्धित खण्डमा समेत सबै कागजात पीडीएफ स्वरुपमा अनिवार्य अपलोड गरी सेभ गर्नुहोस् ।
  • आवेदन स्वीकृत भएको एसएमएस मोबाइलमा आएपछि एनएमबी बैंक वा यहाँ क्लिक गरी दस्तुर दाखिला गर्न सकिने छ ।
  • आवेदनको स्थिति थाहा पाउन वा पासवर्ड परिवर्तन गर्न चेक स्टाटसमा क्लिक गर्न सकिने छ ।

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार