
काठमाडौं ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत हरित उद्यान निर्माण गर्ने भएको छ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तरगत काठमाडौं उपत्यकाभित्रको कुनै एक स्थानमा हरित पार्क (Green Park) निर्माण गर्ने योजना लिएको हो ।
यसको लागि कम्पनीले हालै सो हरित पार्कको लागि प्रस्ताव माग गरेको छ ।
सो हरित पार्क कम्पनीले काठमाडौं महानगरपालिका भित्र हुने उल्लेख गरेको छ । करिब ५३ हजार ९२१ वर्गफिट भएको हरित पार्क वातावरण संरक्षण तथा प्रवर्तनको निमित्त हरित उद्यान निर्माण तथा विकास गर्न लागेको हो ।
तर सो हरित पार्क कुन स्थानमा हुने र कहाँ हुनेछ भने केहि जानकारी दिएको छैन् ।
कम्पनीले सो पार्क निर्माणको लागि ईच्छुक कम्पनीहरुसँग आवेदन माग गरेको हो ।
एनसेलले हाल कोरोनाभाइरसको महामारी र संक्रमणबाट बच्नका लागि विभिन्न सचेतनामूलक कार्यहरु गर्दै आएको छ ।
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार