शाओमीले १०८ मेगापिक्सेलसहितको पहिलो फोल्डेबल स्मार्टफोन ल्याउँदै

  • Technology Khabar | १६ कार्तिक २०७७, आईतवार
शाओमीले १०८ मेगापिक्सेलसहितको पहिलो फोल्डेबल स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

स्मार्टफोन बजारमा अहिलेको समयमा फोल्डेबल फोन निकै कम संख्यामा मात्रै छ । सामसङ यो सेगमेन्टमा सबैभन्दा अगाडि छ र कम्पनीले सन् २०२१ मा अलग अलग मूल्य श्रेणीहरुमा फोल्डेबल फोन सार्वजनिक गर्ने बताएको छ ।

यसबाहेक मोटोरोला पनि फोल्डेबल फोनको दुनियामा छाइसकेको छ । अर्को ब्राण्ड रोयोले फोल्डेबल फोन चीनमै सीमित छ र ह्वावेको उपस्थिति पनि यो क्याटगरीमा निकै कम छ ।

यसैबीच शाओमीले चाँडै फोल्डेबल फोन सार्वजनिक गर्ने योजना बनाएको छ । शाओमीले करिब दुई वर्ष अघि नै आफ्नो फोल्डेबल फोन प्रदर्शन गरेको थियो ।

हालै विश्व स्मार्टफोन बजारमा तेस्रो ब्राण्ड बन्न सफल भएको कम्पनीले आफ्नो पहिलो फोल्डेबल फोन ल्याउने तयारी गरेको छ ।

एक्सडीएको नयाँ रिपोर्ट अनुसार एमआई टेन प्रोका लागि जारी गरिएको पछिल्लो एमआईयूआई १२ बीटा अपडेटमा एउटा कोड देखिएको छ । जसबाट कम्पनीले फोल्डेबल फोनमा काम गरिरहेको थाहा भएको बताइएको छ ।

रिपोर्टअनुसार डिभाइसलाई ‘सेटस’ (Cetus) नाम दिइएको छ र यो एन्ड्रोइड ११मा आधारित एमआईयूआईमा संचालन हुनेछ । फोनमा क्वालकम स्न्यापड्रागन चिपसेट रहनेछ र १०८ मेगापिक्सेलको क्यामरासहित आउनेछ । यस बाहेक अन्य स्पेसिफिकेसनको बारेमा भने कुनै जानकारी आएको छैन ।

कम्पनीले अहिलेसम्म कुनै पनि फोल्डेबल फोन सार्वजनिक गरेको छैन । शाओमीले सन् २०१९ को सुरुवातमा एउटा ट्राइफोल्ड फोल्डेबल स्मार्टफोनको टिज जारी गरेको थियो ।

यो डिभाइसलाई दुई अलग अलग शर्ट भिडियोमा देखाइएको थियो । यद्यपी चिनियाँ प्रविधि कम्पनीले अहिलेसम्म आउने फोल्डेबल स्मार्टफोनको बारेमा कुनै जानकारी दिएको छैन ।

शाओमीले डिभाइसको कुनै स्पेसिफिकेसनको बारेमा समेत खुलासा गरेको छैन । कम्पनीले गत वर्ष एमआई मिक्स अल्फा सार्वजनिक गरेको थियो । तर उक्त फोन अहिलेसम्म बजारमा उपलब्ध हुन सकेको भने छैन । एजेन्सी

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार