पुरानो ‘स्नेक गेम’ अव ‘स्नेक रिवाईण्ड’को नाममा आउँदै, मे १४ तारिखमा सार्वजनिक हुने

  • Technology Khabar | २४ बैशाख २०७२, बिहीबार
पुरानो ‘स्नेक गेम’ अव ‘स्नेक रिवाईण्ड’को नाममा आउँदै, मे १४ तारिखमा सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं, २४ वैशाख । के तपाईँले कुनै समय नोकिया मोबाइलमा रहेको स्नेक गेम खेल्नु भएको थियो ? नोकिया ब्राण्डका पहिलो र दोस्रो पुस्ताका मोबाइल फोन प्रयोग गर्नेहरुले स्नेक गेम खेलेको अझै पनि सम्झनामा छ होला । कुनै समय नोकियाको मोबाइल फोनमा रहेको स्नेक गेम हालका गेमहरुभन्दा निकै लोकप्रिय रहेका थिए । नोकियाले बिक्री गर्ने हरेक मोबाइल फोनमा स्नेक गेम राखिएको हुन्थ्यो ।

तर समयक्रमसँगै नोकियाको मोबाइल फोनमा भएको स्नेक गेमभन्दा आधुनिक र उच्चस्तरका नयाँ नयाँ गेमहरु मोबाइल फोनमा आउन थाल्यो भने स्मार्टफोनको प्रयोगसँगै नौला र फरक गेम एप्स आए । तर अब फेरी सो गेम ‘स्नेक रिवाइण्ड’ नाममा नयाँ किसिमबाट आएकोछ ।_82799880_56ad6468-9114-45b9-9522-19112eb73a8a

स्नेक गेम हालका नयाँ र आधुनिक स्मार्टफोनहरुका लागि भनेर मोबाइल भर्सनको सिर्जनामा टनेली अर्मान्टो र यसको विकासकर्ता रुमेलीयस डिजाईनले ल्याउन लागेकाे हो । स्नेक रिवाइण्ड यहि मे १४ तारिखमा रिलिज हुँदैछ ।

स्नेक गेम नोकियाले आविश्कार गरेको भने होइन् । तर यो गेम पर्सनल कम्प्यूटरमा सन् १९७० दशकदेखि विभिन्न नाममा प्रयोगमा थियो । स्नेक गेम नोकियाको ६११० मोडलको ह्याण्डसेटमा सन् १९९७ मा फीनिश डेभलपर अर्मान्टोले प्रिलोड गर्ने जिम्मेबारी पाएका थिए ।f6e66a06-ce6d-46ae-b428-a7e5a302a722-620x372

स्नेक रिवाइण्ड गेम आईओएस, एन्डेयड र विण्डोज फोन डिभाइसका लागि सार्वजनिक हुनेछ । जसमा नयाँ फीचरहरु एबिलिटी पुरिस्टस्, लुक अवे नाउ टू, रिवाइण्ड दि स्नेक टू कन्टिन्यू दि गेम एभेज आफ्टर क्यासिंगका साथै न्यू पावर अप्स तथा लेभलहरु पनि रहेका छन् ।

रुमिलस डिजाइनले स्नेक रिवाइण्डको बारेमा अधिक जानकारी नदिएपनि यसको आधिकारीक वेवसाइटमा भने वुस्टरस् एण्ड आइटमहरु अपग्रेड गर्न सकिने तथा खरिद गर्न सकिने बताईएको छ । त्यसको लागि खेलकोक्रममा संकलन गरिएको फ्रुटलाई प्रयोग गर्न सकिने हिन्ट राखिएको छ ।

अर्मान्टोले स्नेक रिवाईण्डले पुराना दिनहरुमा खेलिएको स्नेक गेमको अनुभव ताजा गराउने अपेक्षा गरेका छन् ।

हाल स्नेक गेमका दजर्नौ अनधिकृत भर्सनहरु एप्पल र गूगलको एप स्टोर्समा पाउन सकिन्छ, जुन आधिकारीक नयाँ संस्करणको लागि प्रतिस्पर्धि पनि हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित: २४ बैशाख २०७२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...