
काठमाडौं ।
गूगलको जीमेल संसारमा सबैभन्दा धेरै ईमेल पठाउनका लागि प्रयोग हुने गरेको छ । नेपालमा पनि प्राय सबैले जीमेलको प्रयोग गर्ने गर्दछन् ।
जीमेलबाट ईमेल पठाउदा २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउन मिल्दैन् । यस्तो अबस्थामा ईमेल पठाउने बेलामा तपाईँलाई समस्या भएको हुन सक्छ ।
आज हामी कसरी २५ एमबी भन्दा ठुलो फाइल जीमेलमा अट्याच गरेर पठाउने भनेर जानकारी दिदैछौँ ।
यसको लागि सुरुमा आफ्नो जीमेल एकाउन्टमा जानुहोस । जीमेलमा गईसकेपछि त्यहाँ नयाँ ईमेल पठाउनका लागि कम्पोज अथवा प्लस आइकनमा क्लिक गर्नुहोस् ।
कम्पोजमा क्लिक गरेपछि तल गूगल ड्राइभको आइकन देखिने छ ।

अब गूगल ड्राइभको आइकनमा क्लिक गरेपछि तपाईँले नयाँ विण्डो पाउनुहुनेछ र त्यहाँ भएको अपलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस ।
त्यसपछि तपाईँले पठाउनु पर्ने २५ एमबी भन्दा ठुलो साइजको फाइल छानेर त्यसमा अपलोड गर्नुहोस ।

अब तपाईँले जीमेलमार्फत फाइल अपलोड गरेर २५ एमबी भन्दा ठुलो साइजको इमेल पठाउन सक्नु हुनेछ । तर ध्यान दिनुहोस् यहाँ तपाईँले अट्याचमेन्ट वा ड्राइभ लिंकको रुपमा पठाउन सक्नुहुनेछ ।
प्रकाशित: १५ कार्तिक २०७७, शनिबार