
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानबाट विस्कन्सिनमा गत हप्ताको अवधिमा ह्याकर्सले २.३ मिलियन डलर चोरेको राज्यको रिपब्लिकन पार्टीले बिहीबार जानकारी दिएको छ।
विस्कन्सिन जीओपीले एक विज्ञप्तिमा भन्यो कि ह्याकर्सले लडाईको मैदानमा ट्रम्पको रि-ईलेक्सन कोषलाई लक्षित गरी चोरी गरेका छन्, त्यो चोरी चुनावको दिन आउनु एक हप्ता भन्दा पनि कम समयको अवधिमा भएको हो।
‘साइबर अपराधिहरुले एउटा परिष्कृत फिशिंग हमला प्रयोग गरी राष्ट्रपति ट्रम्पको पुनः निर्वाचनका लागि राखिएको रकम चोरेको, इन्भ्वाइसमा परिवर्तन गरेको र प्रतिबद्धरुपमा वायर फ्रड गरेका छन्,’ विस्कन्सिन जीओपीका अध्यक्ष एन्ड्र्यू हिटले एक विज्ञप्तिमा भने, ‘यी अपराधीहरूले राज्य पार्टीका कामका बारेमा केही मात्रामा अपनत्व देखाउँदै अभियानको अन्त्यमा यस्तो अपराध गरेका छन् ।’
यसअन्तरगत विस्कन्सिन रिपब्लिकन पार्टीका पार्टनरहरूको कम्पनीहरूबाट नक्कली इनभ्वाइसहरू पठाउन, विक्रेताहरूको सट्टा ह्याकरहरूलाई पैसा पठाईएको थियो। विक्रेताहरू ट्रम्प समर्थकहरूको लागि अभियानमा मेल पठाउन र टोपी बनाउन जिम्मेवार थिए।
ह्याकरहरुले रकम चोरेपनि अझै ससक्तरुपमा ट्रम्पको अभियान संचालन गर्न पर्याप्त रकम रहेको बताईएको छ ।
ह्याकिङ्गको घट्ना यहि अक्टोबर २२ तारिखमा भएको थियो भने विस्कन्सिनको रिपब्लिकन पार्टीले अक्टोबर २३ मा संघिय जाँच ब्यूरोलाई सो ह्याकिङ्गको घट्ना अनुसन्धान गर्न भनेका थिए ।
यो ह्याकिङ्ग राजनीतिक उद्धेश्यका साथ थियो वा वित्तीय उद्धेश्य मात्र थियो भन्ने अझै स्पष्ट भएको छैन् । एजेन्सी
प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार