नेपाल टेलिकमले आज राती सिस्टम मर्मत सम्भार गर्दै

  • Technology Khabar | १३ कार्तिक २०७७, बिहीबार
नेपाल टेलिकमले आज राती सिस्टम मर्मत सम्भार गर्दै
नेपाल टेलिकमको गठ्ठाघर शाखामा राखिएको कम्पनीको लोगो। फाइल

काठमाडौं ।

नेपाल टेलिकमले आज राती आफ्नो सिस्टमको मर्मत संभार गर्ने भएको छ ।

कम्पनीले आज राती बिलिङ्ग सिस्टमको मर्मत सम्भार गर्ने जानकारी दिएको छ ।

सो अन्तरगत आज राती ११ः१५ बजेदेखि करिब १ घण्टासम्म कम्पनीको सेवाहरुमा समस्या आउन सक्ने बताईएको छ।

जसअनुसार कम्पनीको रिचार्ज, प्याकेज सब्सक्रिप्सन तथा बाँकी भोल्यूम क्वेरीमा केही समस्या आउन सक्ने कम्पनीले जानकारी दिएको छ।

यसबाहेकका सेवाहरु भने यथावत सुचारु रहने टेलिकमले जनाएको छ।

 

प्रकाशित: १३ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China’s Long March-8A rocket launches internet satellites

  • Technology Khabar
  • १३ कार्तिक २०७७, बिहीबार