अलिबाबाअन्तरगतको एन्ट ग्रुपद्धारा विश्वकै सबैभन्दा ठूलो रकमको साधारण सेयर बिक्री

  • Technology Khabar | १२ कार्तिक २०७७, बुधबार
अलिबाबाअन्तरगतको एन्ट ग्रुपद्धारा विश्वकै सबैभन्दा ठूलो रकमको साधारण सेयर बिक्री

काठमाडौं ।

चिनियाँ वित्तीय प्रविधिमा आधारित सेवा उपलब्ध गराउँदै आएको एन्ट ग्रुपले अहिलेसम्म विश्वकै सबैभन्दा ठूलो रकम बराबरको साधारण सेयर बिक्री गरेको छ । ईकमर्श कम्पनी अलिबाबाको लगानी रहेको एन्ट ग्रुपले ३४ अर्ब ४० करोड अमेरिकी डलर अर्थात ४१ खर्ब २८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो ।

प्रविधिमा आधारित एन्ट ग्रुप चीनको सबैभन्दा ठूलो अनलाइन पेमेन्ट प्लेन्टफर्म हो । सेयर निष्काशनसँगै कम्पनीको मूल्य अब ३१० अर्ब अमेरिकी डलर अर्थात ३७२०० अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

एन्टको सेयर हङकङ स्टक एक्स्चेञ्ज र सांघाई स्टक मार्केटमा सूचिकृत भई कारोबार शुरु भएको छ । पहिलो दिन हङकङमा प्रतिकित्ता १०.३२ र सांघाईमा प्रतिकित्ता १०.२६ अमेरिकी डलरमा किनबेच भएको छ ।

एन्ट चीनको फाइनान्सीयल टेक्नोलोजीका काम गरिरहेको कम्पनी हो जुन चीनको सबैभन्दा ठूलो इकमर्श अलिबाबा ग्रुपसँग आवद्ध छ ।

एन्ट ग्रुपमा पनि ज्याकमा सबैभन्दा ठूलो लगानीकर्ता हुन र यो कम्पनीले कमाउने नाफाको सबैभन्दा ठूलो हिस्सा पनि ज्याक माले लिनेछन् ।

एन्टको पेमेन्ट एप अलिपे गत सेप्टेम्बरमा मात्र ७३ करोड १० लाखभन्दा बढी मानिसले प्रयोग गरेको थिए । गत एक वर्षमा यस कम्पनीले १७.७ ट्रिलियन अमेरिकी डलर बराबरको कारोबार गरेको छ।

सन् २०१४ मा अलिबाबाको साधारण सेयर न्यूयोर्कमा सूचिकृत हुँदा पनि विश्वमा नयाँ रेकर्ड बनाएको थियो । एजेन्सी

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...