
काठमाडौं ।
भारतीय स्मार्टफोन निर्माता माइक्रोम्याक्सले चाँडै नै नयाँ स्मार्टफोन ल्याउने तयारी गर्दैछ। कम्पनीले छिट्टै नै नयाँ स्मार्टफोन श्रृंखला सुरु गर्ने योजना बनाएको छ।
मोबाइल कम्पनी माइक्रोम्याक्सका सह-संस्थापक राहुल शर्माले यस बारे एउटा भिडियो आफ्नो ट्विटर अकाउन्टमा हालै साझेदारी गरेका छन्। ट्वीटमा जारी गरिएको यस भिडियोबाट यो अनुमान गरिएको छ कि माइक्रोमेक्सले चाँडै नयाँ स्मार्टफोनहरू अनावरण गर्न सक्दछ।
यद्यपि कम्पनीले आउँदो स्मार्टफोन श्रृंखलाको बारेमा कुनै पनि जानकारी साझा गरेको छैन। सह संस्थापक राहुल शर्माले आफ्नो ट्विटर खातामा करिब २ मिनेट लामो भिडियो साझेदारी गरेका छन्।
भिडियोमा, राहुल शर्माले अहिलेसम्म कम्पनीको यात्राको बारेमा कुरा गरेका छन्। भिडियोमा राहुलले चिनियाँ स्मार्टफोन कम्पनीहरूले बजार लिने र कम्पनीको स्मार्टफोनको बिक्री घटेको समयको बारेमा कुरा गरेका छन्।
भिडियोमा कम्पनीका मालिकले भनेका छन् कि जब हाम्रो प्रधानमन्त्रीले आत्मनिर्भर भारत घोषणा गरे, हामीले यसमा काम गर्ने निर्णय गर्यौं। त्यसैले माइक्रोमैक्स ुक्ष्लु भारतमा फर्कँदैछ। भिडियोमा राहुल शर्माले आउँदै गरेको स्मार्टफोनको बक्स पनि देखाएका छन्। एक निलो बक्समा अंग्रेजीमा ‘आईएन(in)’ लेखिएको छ। यसले संकेत गर्दछ कि कम्पनीले नयाँ इन सिरीज अन्तर्गत स्मार्टफोन सुरूवात गर्नेछ।
We're #INForIndia with #INMobiles! What about you? #IndiaKeLiye #BigAnnouncement #MicromaxIsBack #AatmanirbharBharat pic.twitter.com/eridOF5MdQ
— IN by Micromax (@Micromax__India) October 16, 2020
कम्पनीको आगामी स्मार्टफोन श्रृंखलाको बारेमा कुनै जानकारी प्राप्त भएको छैन। यद्यपि टिपस्टर सुमुख रावका अनुसार माइक्रोम्याक्सको इन सिरीज़ स्मार्टफोन ७००० देखि १५००० भारु सम्ममा लन्च हुने बताईएको छ।
यी स्मार्टफोनहरू स्टक एन्ड्रोइडको साथ आउनेछ र नोभेम्बरको सुरूमा भारतमा लन्च हुनेछ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार