
काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ।
मोबाइल हराएको भनि दिएका निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको उक्त कार्यालयले जनाएको छ ।
प्रकाशित: ३० आश्विन २०७७, शुक्रबार