सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले गरे पदबहाली

  • Technology Khabar | २९ आश्विन २०७७, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले गरे पदबहाली

काठमाडौं ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।

बिहीबार मन्त्रालयमा उनले दूरसञ्चार, साइबर सुरक्षा लगायतका चार नीतिका लागि कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरे।

पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् ।

यसैगरि उनले डिजिटल नेपालको अभियान साकार पार्ने दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्ने लगायतका क्षेत्रमा पनि काम गर्ने स्पष्ट पारे ।

अहिले कोभिड-१९ का कारण पठनपाठन र शैक्षिक क्रियाकलाप अवरुद्ध भईरहेको सन्दर्भमा मन्त्रालयले अग्रणी भूमिका निभाउनु पर्ने जिम्मेवारी प्राप्त भएकोले नेपालका सवै भूभागमा इन्टरनेट सेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिइने बताए।

यसै गरी डिजिटल नेपाल अभियान साकार पार्न मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्दै मन्त्रीले पद बहालीको क्रममा स्वीकृत गरेको दूरसञ्‍चार नीति, ब्रोडव्याण्ड नीति, सूचना प्रविधि नीति तथा साइवर सुरक्षा नीति निर्माण गर्न गठित निर्देशक समितिवाट प्राप्त हुने प्रतिवेदनले समेटेका विषय तथा कोभिड -१९ ले ल्याएका चुनौति समेतलाई सम्वोधन गर्न सरोकारवाला निकायहरुको निरन्तर साथ र सहयोग रहने बताए।

कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन् भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए ।

यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् ।

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार