भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूमले यूजर कन्फ्रेन्स ‘जूमटोपिया २०२०’ गर्दै, यसरी हुनुस् सहभागी

  • Technology Khabar | २९ आश्विन २०७७, बिहीबार
भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूमले यूजर कन्फ्रेन्स ‘जूमटोपिया २०२०’ गर्दै, यसरी हुनुस् सहभागी

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग कम्पनी जूम भिडियो कम्युनिकेशन्स इंकले आफ्ना प्रयोगकर्ताहरुको लागि यूजर कन्फ्रेन्स गर्नेभएको छ ।

कम्पनीले यहि अक्टुबर १५ र १६ तारिखमा भर्चुअल माध्यमबाट यूजर्स कन्फ्रेन्स गर्न लागेको हो ।

जूमले हालै सबै प्रयोगकर्ताहरुलाई सो बारेमा ईमेल पठाएर जूमटोपिया २०२० लाईभ हेर्न सूचित गरेको छ ।

कम्पनीकाअनुसार जूमटोपियामा कम्पनीले आफ्ना नयाँ प्रडक्ट र अफरहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।

सो यूजर कन्फ्रेन्सलाई कम्पनीका सिईओ एरिक एस यूआनले सम्बोधन गर्नेछन जसमा कम्पनीले आगामी दिनमा एकिकृत कम्युनिकेशन्स सर्भिस घोषणा गर्ने अनुमान गरिएको छ ।

त्यसैगरि कम्पनीले टेलिहेल्थको बारेमा थप जानकारि दिनसक्ने अनुमान छ भने डिस्टान्स लर्निंगका लागि प्राइभेसी र सेक्यूरिटीलाई ससक्त पार्ने किसिमको टूल ल्याउने अनुमान छ ।

सो कार्यक्रम नेपाली समयअनुसार बेलुकी ८ः४५ बजे हुनेछ ।

यदि तपाईँपनि यसलाई लाईभ हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर लगईन गरि सहभागी हुन सक्नुहुनेछ ।

प्रकाशित: २९ आश्विन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...